Section 21
सुक्खा वा अन्य दैवी प्रकोपले बाली हुन नसकेमा मालपोत मिन्हा हुने
– (१) कुनै वर्ष सुक्खा वा असिना परी वा सलह लागी वा बाढी आइ वा अरु कुनै दैवी प्रकोपले कुनै क्षेत्रमा मुख्य बाली नोक्सानी भएमा आवश्यक जाँचबुझ गरी आंशिक वा पूरा मालपोत मिन्हा दिनुपर्ने लागेमा आफनोे राय सहित मालपोत कार्यालयले नेपाल सरकारमा जाहेर गर्नेछ ।
(२) उपदफा (१) बमोजिम जाहेर भई आएमा वा कुनै तवरले त्यस्तो अवस्थाको जानकारी नेपाल सरकारलाई भएमा ……… आवश्यक देखिए जति मालपोत नेपाल सरकारले मिन्हा गर्नेछ ।
(२) उपदफा (१) बमोजिम जाहेर भई आएमा वा कुनै तवरले त्यस्तो अवस्थाको जानकारी नेपाल सरकारलाई भएमा ……… आवश्यक देखिए जति मालपोत नेपाल सरकारले मिन्हा गर्नेछ ।